वर्षाले ल्याईन ” आमाको चिनारी “

  काठमाडौं ११ मंसिर ।
      अभिनय र शब्द सृजनाको क्षेत्रमा सक्रियता देखाउदै लोकप्रिय बन्दै गएकी वर्षा भण्डाराले यतिबेला आमाको चिनारी नामक म्यूजिक भिडियो सार्वजनिक गरेकी छन् ।
    प्राय आफ्नै जीवनमा मेल खाने र सामाज परिवर्तन सँग सम्बन्धित म्युजिक भिडियोमा अभिनय गर्ने वर्षाको यो भिडियो पनि आफ्नै जीवनकथा र कर्णाली तथा सुदूरपश्चिम क्षेत्रको लोकसंस्कृती एवम् रितीरिवाज केन्द्रीकृत छ ।
   ” दुई बहिनी बसेर रुन्छौ कर्णाली छालती
     क्या भनु आफन्त शीत क्या भनु कालती । “
  म्यूजिक भिडियोमा वर्षाले आफै शब्द सृजना गरेका यस्तै हृदय रुवाउने देउडा गीतलाई चर्चित गायिका देबी घर्तीको आवाजले झनै कारुणिक बनाइदिएको छ ।
    बालकैमा आमा र बुवा गुमाउदाको पारिवारिक पीडालाई अभिनयमार्फत सार्वजनिक गरिएको म्यूजिक भिडियो बाट समाजको वास्तविकता छचल्किएको छ । दर्जनौं म्यूजिक भिडियोमा अभिनय गरिसकेकी कालिकोट तिलागुफा नगरपालिका ७ निवासी वर्षाको यो भिडियोमा चर्चित कलाकारहरुले साथ दिएका छन् ।
तपाईको प्रतिक्रिया