कालिकोट २० पुस ।
वर्षेयाम गएर सडक निर्माणमा लाग्न सकिने समय आउनासाथ कालिकोटको महावै गाउँ पालिकाले पूर्वाधार निर्माणमा तिब्रता दिएको छ ।
महावै गाउँ पालिकाको विशेष जोडमा अघिल्लो सरकारले पाँच वर्षे कार्यकालमा फोड्न नसकिएको रक्साडको चट्टान फोडेर यातायातका साधन दैलेख देखि महावु हुँदै गाउँ पालिका केन्द्र पादमघाट सामुन्ने रहेको ओदा गाउँ पुगेका छन् ।
ओदा गाउँमा ट्याक्टर र बोलेरो गाडी पुगेर गाउँमा उत्साह छाएको र अब केही दिनमै गाडी गाउँ पालिका केन्द्र पादमघाट पुग्ने गाउँमा पालिका अध्यक्ष खेम बहादुर सिंहले जानकारी गराउनुभयो । यसअघि मान्मादेखि शेरावाडा हुँदै भैंसेगौडाको पुल भएर चिलखाया हुँदै गाउँ पालिका केन्द्रमा गाडी पुगेपनि वर्षात् ले भैंसेगौडा पुल बगेपछि महावैबासी मा थप समस्या सिर्जना गरेको थियोे ।
महावु हुँदै डिल्लीकोट भएर पादमघाट पुग्ने सडक नै महावै गाउँ पालिकाको विकास र समृद्धि को मेरुदण्ड भएको बताइएको छ ।
नेपाल पहरा । २० पुष २०७९, बुधबार १७:२६