सुर्खेत २८ पुस ।
पछिल्लो समय छोटोे उमेरमै भाइरल बाल देउडा खेलाडी विपना सिंहले देउडा गीतै गीतबाट ” देउडामै कानुनका कुरा ” नामक कृति प्रकाशन गर्ने तयारी गरेकी छन् ।
कक्षा १२ मा कानुन विषय लिएर अध्ययनरत विपनाले आज जन्मदिनको अवसर पारी सार्वजनिक गरेको स्टाटसमा आगामी नयाँ वर्षसम्म कृति प्रकाशन गरिसक्ने लक्ष्यका साथ आजैदेखि तयारी थालेको बताएकी छन् ।
देउडा गीत लेखनका साथै देउडा खेल्न समेत अत्यन्तै जटिल मानिने गरेकोमा विपनाले झनै कानुन सँग सम्बन्धित देउडा गीतको संगालो प्रकाशन गर्नु ऐतिहासिक र साह्रै जटिल काम हुने देउडा क्षेत्रका अग्रजहरुको भनाइ छ ।
नेपाल पहरा । २८ पुष २०७९, बिहीबार १०:३६