रास्कोटका पूर्व मेयर बराल एमालेमा प्रवेश

काठमाडौं २८ पुस ।

कालिकोटको रास्कोट नगरपालिकाका पूर्व मेयर काँसीचन्द्र बराल आज नेकपा(एमाले)मा प्रवेश गरेका छन् ।

गएको निर्वाचनमा पुतली चिन्ह लिएर स्वतन्त्र उम्मेदवार भई कालिकोट बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार भएका बरालले एमाले महासचिव शंकर पोखरेल लगायतका नेता र कार्यकर्ता सामु एमाले प्रवेश गरेका हुन् ।

माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार परिषद् सदस्यको जिम्मेवारीमा रहेकै बखत प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जादा बराल माओवादी नेतृत्व प्रति असन्तुष्ट हुनुभएको थियोे ।

तपाईको प्रतिक्रिया