कालिकोटमा गाल्जे मेलाको भव्य तयारी

कालिकोट १३ माघ । जिल्ला सदरमुकाम मान्मदेखि गाडीमा २ घण्टाभित्र पुगिने ऐतिहासिक गाल्जे मेलाको स्थानीय स्तरमा भव्य तयारी गरिएको छ ।

एक हप्तासम्म लाग्ने मेला यहीँ माघ १५ गतेदेखि सुरु हुने जानकारी गराउदै मेलामा उपस्थितिका लागि नगर उपप्रमुख महेन्द्र बहादुर शाहीले सार्वजनिक रुपमै आग्रह गर्नुभएको छ ।

पतिको निधनमा सति गएर देेवीको अवतार लिएकी सत्यवती बज्यैको सम्झना स्वरुप १२ वर्षको एक पटक माघ पूर्णिमाको अवसर पारेर मेला आयोजना गरिदै आएकोमा यसपटक पहिलेभन्दा भव्य तयारी गरिएको स्थानीय समाजसेवी दिलिपकुमार शाहीले जानकारी गराउनुभयो ।

मेलाको तयारी स्वरुप नगरपालिकाको सहयोगमा पूर्वाधार निर्माण समेत गरिएको छ भने धामी नाचको साथै देउडा लगायतका साँस्कृतिक प्रस्तुतिहरु समेत व्यापक रहने गरेको बताइएको छ ।

तपाईको प्रतिक्रिया