विपना सिंह
सुर्खेत २ फागुन । नेकपा(एकीकृत समाजवादी)कर्णाली प्रदेश कमिटीको चौंथो पूर्ण बैठक प्रदेश राजधानी वीरेन्द्रनगर , सुर्खेतमा मंगलबारदेखि शुभारम्भ भएको छ ।
पार्टी संगठन सुदृढीकरणको विषयलाई मुख्य एजेण्डाका साथ प्रदेश कमिटी अध्यक्ष अमर बहादुर थापाको अध्यक्षता र केन्द्रीय कमिटी उपमहासचिव एवम् प्रदेश ईन्चार्ज प्रकाश ज्वालाको प्रमुख आतिथ्यतामा बैठक सुरु भएको हो ।
पोलिट व्यूरो सदस्यहरु चन्द्रबहादुर शाही,शेर बहादुर केसी र हंस बहादुर शाही लगायत केन्द्रीय कमिटी सदस्यहरुका साथै केन्द्रीय निकाय र प्रदेश कमिटी सदस्यहरुको उपस्थितिमा सुरु भएको बैठकमा प्रदेश कमिटी अध्यक्ष अमर बहादुर थापाले बैठकका एजेण्डाहरु पेस गर्नुका साथै राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नु भएको प्रदेश कार्यालय सचिव वसन्त विश्वकर्माले जानकारी गराउनुभयो ।
बैठकमा प्रदेश कमिटी सचिव कृष्ण बिसीले केन्द्रीय कमिटीबाट जारी अन्तरपार्टी निर्देशन बाचन गर्नु भएको छ भने उपाध्यक्ष नन्दा शर्माले बैठकमा सहभागीहरुलाई मन्तव्य मार्फत स्वागत गरेको जनाइएको छ । बैठकले समुहगत रुपमा छलफल सहित महत्वपूर्ण सांगाठानिक कार्ययोजना बनाई अघि बढ्ने प्रदेश कमिटी सचिवालय सदस्य विश्वराज वमले जानकारी गराउनुभयो ।
नेपाल पहरा । २ फाल्गुन २०७९, मंगलवार १४:००