पलाँताको छलाँह गाउँ गाडी पुग्दा उत्सव

कालिकोट १८ फागुन् ,

कालिकोट जिल्लाको विकट बस्ति पलाँताले अब सुगमताको अनुभूत गर्ने समय नजिकिदै आएको छ ।

गाउँ वस्तिको विकास हुने क्रममा आज बिहीबार पलाँता – ४ छलाँह गाउँमा गाडी पुगेको छ ।

यसअघि मुस्किलले पलाँता वडा नम्बर – ३ साविक धौलागोह गाविसको डोरी सम्म पुग्ने गरेका गाडी आजदेखि छलाँह गाउँसम्म पुग्ने गरेका हुन् । गाडी पुग्दा स्थानीयले उत्सवकै रुपमा फुलमाला र अविर उत्सव गरेका छन् ।

आज गाउँपालिका अध्यक्ष विष्णु बहादुर रोकाया(ईन्द्र)माओवादी केन्द्रका प्रदेश सदस्य मानबहादुर भण्डारी बासिन्दा सहितको टिम गाडीसहित आफ्नो वडाको छलाँह पुग्दा स्थानीयहरु उत्साहित भएको वडाध्यक्ष तिलक बुढाले जानकारी गराउनुभयो ।

उहाँका अनुसार सो अवसरमा गाउँपालिका अध्यक्ष रोकायले सडकलाई निरन्तर सञ्चालनमा ल्याउने र ओदी हुँदै राफाडाँडा सडकको ट्याक खोल्न धेरै समय नलगाउने प्रतिबद्धता गर्नु भएको छ । छलाँहसम्म पुगेका गाडी खिन, उखाडी भएर जाफे पुग्न बाँकी छ ।

तपाईको प्रतिक्रिया