बिधार्थीलाई निशुल्क उपचार र यातायातमा छुट दिलाउने रम्वा प्यानलको प्रतिबद्धता

कालिकोट ४ चैत ।

तिला कर्णाली बहुमुखी क्याम्पस कालिकोटमा स्ववियु अध्यक्ष उम्मेद्वार रम्वाकुमारी शाही नेतृत्वको बिधार्थी प्यानलले आफ्नो प्यानल निर्वाचित भएमा बिधार्थीहरुलाई निशुल्क उपचार र सहुलीयतमा यात्रा गर्न पाउने वातावरण मिलाउने प्रतिबद्धता गरेको छ ।

निर्वाचन नजिकै आएर बिधार्थीहरु सदरमुकाम मान्म केन्द्रित भैरहदा रम्वा प्यानलले सो प्रतिबद्धता गरेको हो । अनलाईन सँग कुरा गर्दै अध्यक्ष उम्मेद्वार रम्वाले परिचय पत्रका आधारमा सकभर निशुल्क र सम्भव नभए न्यून शुल्कमा उपचारका साथै कर्णाली प्रदेश क्षेत्र नभए कालिकोट यरियामा ५० % छुटमा यात्रा गर्न सम्बन्धित पक्षसँग अगुवाई गर्दै सफल भैछाड्ने बताएकी छन् ।

क्याम्पसमा पैदल जाने बिधार्थीहरुका लागि रेलिङसहितको पैदल मार्ग निर्माण गर्ने र बिधार्थीहरुलाई न्यून शुल्कका साथै सुरक्षित पठनपाठनको व्यवस्था गरि तिला कर्णाली शाषकहरुको नभई सोझा कालिकोटेका छोराछोरीको क्याम्पस बनाउने सो टिमको अठोट रहेको छ ।

कालिकोट सदरमुकामको क्याम्पसमा एकीकृत समाजवादी निकट अनेरास्ववियू बाट अध्यक्षमा रम्वाकुमारी शाही र सचिवमा तृथ शाही का साथै कोषाध्यक्षमा एमाले अनेरास्ववियु बिधार्थी नेतृ दीपा शाहीको टिमले झाझा प्यानलबाट उम्मेदवारी दिएको छ । अर्को कालिकोटकै जनचेतना बहुमुखी क्याम्पसमा एमाले अनेरास्ववियुले अध्यक्ष र एकीकृत समाजवादी विच तालमेल रहेको छ ।

तपाईको प्रतिक्रिया