कर्णाली प्रदेश योजना आयोग उपाध्यक्षमा दैलेखका शाही

सुर्खेत ८ चैत ,

कर्णाली प्रदेश सरकारको बुधबार सम्पन्न मन्त्रिपरिषद् बैठकले दैलेख निवासी युवा बुद्धिजीवी योगेन्द्र बहादुर शाहीलाई प्रदेश योजना आयोगको उपाध्यक्ष नियुक्त गर्ने निर्णय गरेको छ ।

बैठक पछि निर्णय सार्वजनिक गर्दै आन्तरिक मामिला तथा कानूनमन्त्री तथा प्रदेश सरकारका प्रवक्ता कृष्णबहादुर जिसीले शाहीलाई उपाध्यक्ष नियुक्त गर्ने निर्णय भएको जानकारी गराएका हुन् । यसअघि प्रदेश योजना आयोगको सदस्य भएर जिम्मेवारी बहन गर्नु भएका शाहीलाई यसपटक उपाध्यक्ष नियुक्त गर्ने निर्णय गरेको बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को प्रमुख प्रशासनिक सल्लाहकार विज्ञमा नेपाल सरकार सेवा निवृत्त सहसचिव भरतकुमार शर्मालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

त्यस्तै, बैठकले वरिष्ठ आर्थिक सल्लाहकारमा नेपाल राष्ट्र बैंकमा कार्यरत उपनिर्देशक डाः शालिकराम पोख्रेललाई सिफारिस गर्ने निर्णय गरेको छ ।

बैठकले प्रदेश सभा संसदमा दुईवटा कर्णाली प्रदेश परिक्षण प्रतिष्ठान स्थापना तथा संचालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९ र कर्णाली प्रदेश खेलकुद विकास ऐन २०७६ लाई संसोधन गर्न बनेको विधेयकलाई प्रदेश सभा बैठकमा पेश गर्ने स्वीकृति प्रदान गरेको जिसीले बताए ।

त्यस्तै, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको खाद्य अधिकार तथा सम्प्रभुता पहिलो संसोधन नियमावली २०७९ लाई पनि बैठकले स्वीकृत गरेको छ ।
भौतिक पूर्वाधार उर्जा तथा जलस्रोत मन्त्रालय मार्फत संचालनमा रहेको रानिघाट तेलपानि १८ किलोमिटर सडक निर्माणको लागि १.१४ हेक्टर बन क्षेत्रको जग्गा प्राप्त गर्नका लागि नेपाल सरकारसँग मन्त्रिपरिषद्ले सिफारिस गरेको छ
तपाईको प्रतिक्रिया