काठमाण्डौं २४ चैत ,
नेकपा(एकीकृत समाजवादी)कालिकोटले पार्टी अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल समक्ष ध्यानाकर्षण पत्र पेस गरेको छ ।
स्थानीतका साथसाथै प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचन समेत सम्पन्न भई नयाँ सरकार गठन भए पश्चात् समाजवादी कालिकोटका नेताहरु राजधानी पुगेर नेतृत्वको ध्यानाकर्षण गराएका हुन् ।
पार्टी जिल्ला कमिटीको आठौं बैठकको निर्णयानुसार पार्टीका केन्द्रीय सदस्यद्वय तुलाराज बिष्ट र तुलाराज सिम्खाडा,राष्ट्रिय जनसाँस्कृतिक महासंघ नेपालका केन्द्रीय अध्यक्ष कृपाराम धमाला लगायतका नेताहरुका साथमा पार्टी जिल्ला कमिटी अध्यक्ष विश्वराज वमले ध्यानाकर्षण पत्र पेस गरेको युवा नेता रवीन्द्र शाहीले जानकारी गराउनु भयो ।
ध्यानाकर्षण पत्रमा पार्टी नेतृत्व, संवैधानिक एवम् राजनीतिक नियुक्ति र कालिकोट जिल्लाको भौतिक पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिन हुन माग गरिएको छ । फ्लोर क्रस सहित पार्टी निर्माणमा महत्त्वपूर्ण योगदान रहेको कालिकोट पार्टी पङ्तिलाई पार्टी केन्द्र र प्रदेशले वेवास्ता गर्न नहुने भन्दै अधिकांस नेताहरु पार्टी केन्द्र धाइरहँदा जिल्लामा उपाध्यक्षद्वय चित्रसिंह गाउँले र कमलबहादुर शाही तथा उप सचिव कृष्णकला पाण्डेले नेतृत्व गरिरहनु भएको छ ।
नेपाल पहरा । २४ चैत्र २०७९, शुक्रबार १६:०१