भारतमा जान प्रहरी रिपोर्ट चाहिने प्रावधान सच्याउन ध्यानाकर्षण

कालिकोट २६ चैत,

नेकपा(एकीकृत समाजवादी)निकट युवा तथा बिधार्थीहरुले छिमेकी मुलुक भारत जानका लागि प्रहरी रिपोर्ट चाहिने प्रावधान हटाउन माग गरेका छन् ।

देशका ७७ जिल्ला मध्ये कालिकोटवासीलाई मात्र भारतको विशेषगरी केदारनाथ प्रवेश सहित कामकाज गर्न प्रहरीको चालचलन रिपोर्ट चाहिने गरिएपछि समाजवादीका युवा एवम् बिधार्थीहरुले सो प्रावधान सच्याउन माग गरेका हुन् ।

चालचलन रिपोर्ट चाहिने प्रचलनले भारत जानू पहिल्यै कालिकोटवासीले गाउँदेखि २ पटक जिल्ला सदरमुकाम धाएर ठूलो दुख्ख गर्नु परेको छ । प्रावधान सच्याउनका लागि समाजवादी निकट बिधार्थी संगठन अनेरास्ववियू स्थायी कमिटी सदस्य हिक्मतजंग मल्ल र युवा संघ जिल्ला उपाध्यक्ष दिनेशजंग शाहीले आइतवार कालिकोटका प्रमुख जिल्ला अधिकारी मार्फत गृहमन्त्रालयमा ध्यानाकर्षण पत्र बुझाएका छन् ।

विगत केहीदिन् देखि जिल्ला प्रशासन कार्यालय कालिकोटमा प्रहरी चालचलन रिपोर्टका लागि आउने जानेहरुको भिड लाग्ने गरेको छ । इण्डियाको केदारनाथमा कालिकोटवासी कुनै एकजनाले गरेको कमजोरीको सजाय सिंगो जिल्लावासीलाई दिइनु नहुने एकीकृत समाजवादीको धारणा छ ।

तपाईको प्रतिक्रिया