कालिकोट २६ चैत ,
नरहरिनाथ गाउँपालिका १ कोटवाडामा अवस्थित सुनथराली विमानस्थल आउदो वैशाख पहिलो हप्दादेखि नियमित सञ्चालनमा आउने सम्भावना बढेको छ ।
नेपाल नागरिक उड्ययन प्राधिकरण कालिकोट विमानस्थल आयोजना कोटवाडाले आज एक सूचना जारी गर्दै विमानस्थल सञ्चालनमा आउने सम्भावना देखाएको हो ।
कोटवाडा विमानस्थल आयोजनाका सुपरभाइजर गणेशकुमार बिष्टद्वारा हस्ताक्षरित सार्वजनिक सूचनामा विमानस्थलको लगभाग शत् प्रतिशत कार्य सम्पन् भई वैशाख पहिलो हप्तादेखि नियमित उडानको सम्भावना देखिएकाले बिमानस्थल क्षेत्रका चार किल्ला किटान गरि पशु चौपायका साथै मानिसहरुलाई समेत हिडडुल गर्ने कार्य नगर्न भनिएको छ । साथै सूचना अवज्ञा गर्नेहरुलाई कानुन् वमोजिम कार्वाही गरिनेपनि सूचनामा उल्लेख छ ।
नेपाल पहरा । २६ चैत्र २०७९, आईतवार १६:४३