कालिकोट ३ बैशाख ।
नेपाल दलित मुक्ति संगठन कालिकोटको अध्यक्षमा नरहरिनाथ गाउँपालिका निवासी गोरख नेपालीलाई अध्यक्षमा निर्वाचित गरेको छ ।
आइतबार सदरमुकाम मान्ममा सम्पन्न विस्तारित भेला सहितको बैठकले २५ सदस्यीय जिल्ला कमिटी घोषणा गरेको हो ।
संगठनका केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज दानबहादुर विकको अध्यक्षता र पार्टी केन्द्रीय सदस्य विजया बिष्टको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले वरिष्ठ उपाध्यक्षमा पदम विश्वकर्मा, सचिव जंग विश्वकर्मा र कोषाध्यक्ष विमा सुनार रहेको कमिटी गठन गरेको बताइएको छ ।
संगठनको केन्द्रीय महाधिवेशन र प्रदेश अधिवेशन हुनै लागेको कारण हाललाई सामान्य तयारीमा भेला गरि सानो कमिटी गठन गरेकोमा अब लगत्तै पार्टी नेतृत्वसँगको थप समन्वयमा कमिटी विस्तार गर्ने नवनिर्वाचित अध्यक्ष नेपालीले जानकारी गराउनुभयो ।
नेपाल पहरा । ३ बैशाख २०८०, आईतवार १८:०६