एकीकृत समाजवादीबाट राज्यमन्त्रीमा महिला नेतृ चपाईँ

  काठमाडौं २ बैशाख ।
   नेकपा एकीकृत समाजवादीकी नेतृ नन्दा चपाईं भौतिक पूर्वाधार राज्यमन्त्री बनेकी छन् ।

 

उनले आइतबार राष्ट्रपति कार्यालयमा आयोजित शपथ समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट पद तथा गोपनीयताको शपथ लिएकी हुन् ।

एकीकृत समाजवादी कर्णाली प्रदेश कमिटी उपाध्यक्ष सहित केन्द्रीय कमिटीको पार्टी जिम्मेवारीमा रहनु भएकी उहाँलाई सोही पार्टीका नेता प्रकाश ज्वालाले नेतृत्व गरेकै मन्त्रालयमा राज्यमन्त्रीको जिम्मेवारी प्राप्त भएको हो ।

राष्ट्रिय सभा सदस्य रहनु भएकी नेतृ चपाईँ कर्णाली प्रदेशमा रहेका महिला नेतृहरु मध्येकै अग्रज महिला नेताहरुमा पर्नुहुन्छ । उहाँले आज मन्त्रिपरिषद् विस्तार हुँदा कांग्रेस नेता एनपी साउदले परराष्ट्र मन्त्रिको सपथ लिनु भएको छ ।

 

तपाईको प्रतिक्रिया