भिरबाट खसेर वडा सदस्यको मृत्यु

  कालिकोट ४ बैशाख ।

कालिकोटको खाँडाचक्र नगरपालिका वडा नम्वर ४ का वडा सदस्य सन्तोष बि.कको भिरबाट खसेर मृत्यु भएको छ ।

गए राति सदरमुकाम मान्म देखि घर फर्किदै गर्दा भिरबाट खसेर  घाइते भएका वडा सदस्य विकको उपचारका क्रममा  रातिनै जुम्ला अस्पतालमा मृत्यु भएको हो ।

कालिकोट जिल्ला असपतालले अलि जटिल भएका कारण उनलाई जुम्ला अस्पतालमा रिफर गरेको थियो । उनलाई टाउको, अनुहार, जिउमा चोट लागेको बताइएको छ ।

नेपाली काँग्रेस जिल्ला कार्य समिति सदस्य समेत रहेका विक दलित संघमा समेत रहनुका साथै जनजीव मा.वि  व्यस्थापन समितिका पुर्व अध्यक्ष थिए ।

तपाईको प्रतिक्रिया