दलित मुक्ति मोर्चा कर्णालीको अध्यक्षमा युवा नेता चँदारा

सुर्खेत ६ बैशाख।

नेपाल दलित मुक्ति मोर्चा कर्णाली प्रदेशको प्रथम सम्मेलन बाट अध्यक्ष पदमा कालिकोटका दिनेश चँदारा निर्वाचित हुनुभएको छ ।

दशवटै जिल्लाबाट उपस्थित दलित प्रतिनिधिहरुको ऐतिहासिक भेलाद्वारा उपाध्यक्षमा हिरा सुनार सुर्खेत र बबिता चँदारा जाजरकोट, सचिब लाल बहादुर श्रेपाइली रुकुमपश्चिम,
सह सचिब मोहनलाल चनारा मुगु , तिर्थ सुनार दैलेख र कोषाध्यक्ष नैनसिंह नेपाली हुम्ला निर्वाचित भएका छन् । सम्मेलनबाट ९९ सदस्यीय प्रदेश कमिटी घोषणा गरिएको छ ।

कर्णाली प्रदेशमा दलितहरुको मुक्तिको एजेण्डालाई सशक्त रुपमा उठाउदै वर्गीय आन्दोलनको अगुवाई गर्न आफ्नो नेतृत्व अग्रसर हुने अध्यक्ष चँदाराको भनाई छ ।

तपाईको प्रतिक्रिया