अध्यक्ष सिंहद्वारा छोराछोरीलाई बोर्डिङ पढ्न छुटाएर सरकारी स्कुलमा भर्ना

विपना सिंह

कालिकोट १४ बैशाख ।

महावै गाउँपालिका कालिकोटका अध्यक्ष खेमबहादुर सिंहले निजी बोर्डिङमा अध्ययन गर्दै राखेका आफ्ना छोराछोरीलाई सरकारी स्कुलमै पढाउने गरेर बिधालय भर्ना गर्नुभएको छ ।

गाउँ कार्यपालिका बाट भएको निर्णय कार्यान्वयनमा अग्रसरता देखाउदै अध्यक्ष सिंहले कर्णाली प्रदेश राजधानी सुर्खेतका बोर्डिङ पढ्दै गरेका छोरी अस्मितालाई कक्षा ८ र छोरा अस्विनलाई कक्षा ४ मा भर्ना गरेका हुन् ।

बिहीबार गाउँपालिका केन्द्र नजिकै रहेको तिला नमुना माविमा पुगेर अध्यक्षले छोराछोरी भर्ना गरेको प्रधानाध्यापक दिनेश शाहीले जानकारी गराउनुभयो । प्रअ शाहीले समे आफ्नो छोरी सुदिप्क्षा शाहीलाई बोर्डिङबाट फिर्ता गराई सो बिधालयमा भर्ना गर्नुभएको छ । सरकारी बिधालयको शैक्षिक गुणस्तर सुधार्ने र महावैवासीमाथि पर्दै आएको शिक्षाका नामको आर्थिक भार घटाउने विषयमा गाउँपालिकाको निर्णय कार्यान्वयन जरुरी रहेको बुद्धिजीवीहरुको भनाई छ । भर्ना अभियान बैशाख मसान्तसम्म जारी रहने छ भने सरकारी जागिरे तथा जनप्रतिनिधि कति जनाले छोराछोरी सरकारी बिधालयमा भर्ना गर्छन् हेर्न बाँकी छ ।

तपाईको प्रतिक्रिया