प्रगतिशील लेखक संघ कालिकोटको अध्यक्षमा चौंलागाईँ

कालिकोट १७ बैशाख,

प्रगतिशील लेखक संघ नेपाल कालिकोटको तेस्रो जिल्ला सम्मेलनले महेन्द्र प्रसाद चौंलागाईँ अध्यक्ष सहित १५ सदस्यीय नयाँ नेतृत्व सर्वसम्मत निर्वाचित गरेको छ ।

शनिवारबाट सुरु सम्मेलनले दुर्गाप्रसाद काफ्ले उपाध्यक्ष , रुपेन्द्र बहादुर ऐडी सचिव , नवीन जैशी सह सचिव र प्रेरणा विश्वकर्मा कोषाध्यक्ष निर्वाचित गरेको हो ।

यसैगरी कालिबहादुर मल्ल, अनन्त वराल , पार्वती सिंह,अल्किना वम, सवराज वम, रमेश बिष्ट , धर्मराज ताम्राकार, हरिबहादुर शाही , जलसा बुढा र खगेन्द्र न्यौपाने सदस्यमा निर्वाचित हुनु भएको छ ।

सम्मेलनले संघको सल्लाहकारमा तुलाराज बिष्ट, नगिन्द्र शाही (नेशनल) नेत्रराज शाही , देवजंग शाही र नयरुप धमलालाई चयन गरेको छ ।

प्रलेस केन्द्रीय अध्यक्ष मधुसुदन गिरी को प्रमुख आतिथ्यता र नेपाल प्रज्ञा प्रतिष्ठानका उप कुलपति विमल निभाको विशेष आतिथ्यतामा सम्पन्न सम्मेलनबाट संघको केन्द्रीय प्रतिनिधिमा चित्रसिंह गाउँले,अजय गिरी र पार्वती सिंहलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

साथै प्रदेश प्रतिनिधिमा पुष्पराज आचार्य, अल्किना वम, तिलक बुढा,हजा सुनार र रमेश बिष्टलाई सिफारिस गर्ने निर्णय भएको सचिव रुपेन्द्र ऐडीले जानकारी गराउनुभयो । संघको पहिलो बैठक समेत आइतबार सम्पन्न भई गणतन्त्र दिवस जेठ १५ मा विशेष साहित्यिक कार्यक्रम गर्ने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया