काठमाण्डौं ३० बैशाख ।
नेकपा(एकीकृत समाजवादी)निकट राष्ट्रिय जनसाँस्कृतिक महासंघ समाजवादीले आगामी भदौ ९ मा राष्ट्रिय महाधिवेशन आयोजना गर्ने मिति घोषणा गरेको छ ।
महासंघका अध्यक्ष कृपाराम शर्मा धमालाको अध्यक्षता र पार्टी स्थायी समिति सदस्य एवम् मोर्चा संगठन् इन्चार्ज भविश्वर पराजुलीको प्रमुख आतिथ्यतामा शुक्रबारदेखि सुरु भएको महासंघको पाचौं पूर्ण बैठकले महाधिवेशनको मिति तय गरेको हो ।
बैठकले महासंघ केन्द्रीय कमिटीलाई आयोजक कमिटीमा रुपान्तरण गर्दै अध्यध धमाला संयोजक र महासचिव ऋषि अधिकारी सचिव रहेको आयोजक कमिटी सहित महाधिवेशन सम्पन्न गर्न विभिन्न समितिहरु समेत गठन गरेको छ ।
महाधिवेशनका लागि डा. पुष्कर राज भट्ट संयोजक रहेको प्रतिनिधि व्यवस्थापन , कमला न्यौपाने संयोजक रहेको आर्थिक व्यवस्थापन, चित्रसिंह गाउँले संयोजक रहेको अतिथि सत्कार , राजु अर्याल संयोजक रहेको प्रतिनिधि व्यवस्थापन समिति गठन गरेको छ । प्रचारप्रसार समिति संयोजक उद्धव अभिदितका अनुसार आवास व्यवस्थापनमा शैलेन्द्र खतिवडा,साँस्कृतिकमा कृष्ण विक, मञ्च व्यवस्थापनमा दिनेशमान प्रधान संयोजक रहेका समिति गठन भएका छन् ।
महासंघका जिल्ला कमिटी गठन हुन बाँकी जिल्लामा तत्कालै जिल्ला कमिटी गठन गरेर एकीकृत समाजवादी स्थापनाको अवसर पारेर महाधिवेशन भव्यताको साथ सफल पारिने अध्यक्ष धमलाले जानकारी गराउनुभयो ।
नेपाल पहरा । ३० बैशाख २०८०, शनिबार १६:१०