कालिकोट २ जेठ । आव ०७७/०७८ मा ठेक्का आह्वान भएको कर्णाली राजमार्ग अन्तर्गत तिला नदि पान्तडी पक्की पुलको निर्माण कार्य अझैं सुरुवात भएको छैन ।
निर्माण व्यावसायी संघका केन्द्रीय अध्यक्ष रवि सिंहको महादेव खिम्ति जेभी निर्माण कम्पनीले ठेक्का पाएको काम अझै सुरु नभएको हो ।
सिनं – ३३७०११३२४ – ०७२१७८ दर्ता नम्बर ९ रहेको ठेक्काको काम सुरुवाती गराउन जनप्रतिनिधि र पार्टी नेता लगायतबाट हुँदै आएको पहल समेत प्रभावकारी हुन सकिरहेको छैन ।
निर्माण कम्पनीका साथै सडक विभाग पुल महाशाखालाई दबाब सिर्जना गरि पुल निर्माण कार्य अघि बढाउनुपर्ने अवस्था रहेको महावै – ३ का वडाअध्यक्ष पदमबहादुर सिंहले जानकारी गराउनुभयो ।
उहाँका अनुसार पुल निर्माण प्रक्रियाको लागि नेकपा(एकीकृत समाजवादी)का नेता चित्रसिंह गाउँले सहितको टोलीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला समेतको ध्यानाकर्षण गराएको छ । उक्त पुल बनेमा कर्णाली राजमार्ग सुर्खेत जुम्ला खण्ड का साथै महावै गाउँपालिका समेतमा यातायात सुबिधा पुग्नेछ ।
नेपाल पहरा । २ जेष्ठ २०८०, मंगलवार १९:४०