राष्ट्रिय भूमि आयोगका कामलाई तिब्रता दिने सरकारको प्रतिबद्धता

काठमाण्डौं ५ जेठ ,

सरकारले यसवर्ष राष्ट्रिय भूमि आयोगका कामकाजलाई तिब्रता दिने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा आज सार्वजनिक गरिएको आव ०८०/०८१ को नीति तथा कार्यक्रममा आयोगका कामकाजलाई तिब्रता दिने प्रतिबद्धता गरिएको हो ।

सार्वजनिक कार्यक्रममा भूमिहीन दलित,भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या अब लामो समयसम्म थाति नराख्ने सरकारको लक्ष्य रहेको बताइएको छ ।

राष्ट्रिय भूमि आयोगले कतिपय जिल्लामा पुर्जा वितरण गर्नुका साथै लगत संकलन गरेर नापनक्साका कार्यहरु अघि बढाइरहेको जनाएको छ । स्रोतसाधन अभावले आयोगलाई सक्रिय गर्न समस्या भैरहेकोमा सरकारी प्रतिबद्धताले आयोग सक्रिय भइ आयोगका गतिबिधि तिब्र गतिमा अघि बढ्ने आयोग पदाधीकारीहरुको भनाई छ ।

तपाईको प्रतिक्रिया