महावु केन्द्रित सडकमा योवर्ष ५० करोड 

लक्ष्मी सिंह

कालिकोट १६ जेठ ,

नेपाल सरकारले यसवर्ष दैलेख/कालिकोट भएर निर्माण भैरहेको महावु सडकलाई लक्ष्यित गर्दै ५० करोड १ लाख बजेट ब्यवस्था गरेको छ ।

सुर्खेत – जुम्ला कर्णाली राजमार्गभन्दा ७९ किलोमिटर छोटो हुने अनुमान गरिएको सडकलाई संघीय सरकारले प्राथमिकतामा राख्ने गरेको हो । दैलेख क्षेत्र नम्बर १ बाट निर्वाचित संघीय सांसद अम्मरबहादुर थापाले यो वर्ष ५० करोड बजेट ब्यवस्था भएको जानकारी गराउदै चालू बजेटका निर्माण कम्पनीलाई सक्रिय बनाउदै नयाँ बजेट पनि समयमै ठेक्का आह्वान गराएर यो सडक छिट्टै सञ्चालन गरिनुपर्ने बताउनुभयो ।

सडक चाडैं सुचारु गर्ने दैलेख – महावु ४० किलोमिटर खण्डमा व्यवस्थित सडक निर्माणका लागि सक्रियता देखाइएको छ भने यसवर्ष बिनियोजित ५० करोड बजेट राम्रोसँग कार्यान्वयनमा आए दैलेखदेखि हालको सुर्खेत – जुम्ला सडकखण्डको गाल्जेसम्म सडक सञ्चालनमा आउने महावै गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले जानकारी गराउनुभयो ।

महावु सडकखण्ड केवल दैलेख,कालिकोट र जुम्लावासी मात्रको सरोकारको विषय नभई त्रिदेशीय राजमार्गको रुपमा रुपैडीहादेखि नाग्चेलाग्ना सम्मको राजमार्ग हुनुको कारण कर्णाली प्रदेश समृद्धि सहितको राष्ट्रिय गौरवको सडक भएको बताइएको छ ।

 

तपाईको प्रतिक्रिया