काठमाण्डौं ,
अर्थमन्त्री डा. प्रकाशशरण महतद्वारा प्रस्तुत विनियोजन बिधेयक (बजेट)२०८०/ ०८१ प्रतिनिधिसभाबाट बिहीबार बहुमतले पारित भएको छ ।
बजेट पारित गर्ने सन्दर्भमा भएको मतदानमा बजेटको पक्ष अर्थात हुन्छ भन्ने पक्षमा १ सय ४७ र विपक्ष अर्थात हुन्न भन्ने पक्षमा जम्मा १ सय ८ मत खसेको थियो ।
जम्मा २ सय ५५ जना सांसद मतदानमा सरिक भएकोमा बजेट बहुमतबाट पारित भएको सभामुख देवराज घिमिरेले घोषणा गर्नुभयो ।
ध्वनीमतका साथ बहुमतले पारित बिधेयकको निर्णय लाई नमान्दै नेकपा(एमाले)ले मतदानबाटै टुंगो लगाउन सभामुख समक्ष माग गरेको थियो । बजेट पास भएसँगै सरकार चाडैं ढाल्ने एमालेको लक्ष्यले ड्याङ खाएको छ ।
नेपाल पहरा । १३ असार २०८०, बुधबार १६:५५