विराटनगर । कोशी प्रदेशमा एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकार ढलेको छ । सरकारमा सहभागी दल माओवादी केन्द्रले समर्थन फिर्ता गरेपछि शुक्रबार मुख्यमन्त्रीकोे विश्वासको मतसम्बन्धी प्रस्ताव प्रदेश सभाबाट अस्वीकृत भएसँगै कार्की नेतृत्वको सरकार ढलेको हो ।
देशका ७ मध्ये कोशीमा मात्रै सरकारको नेतृत्व गरिरहेको एमाले अब प्रदेश सरकारको नेतृत्वबाट शून्य भएको छ ९३ सदस्यीय प्रदेश सभामा भएको मत विभाजनमा मुख्यमन्त्री कार्कीले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ४६ र विपक्षमा ४३ मत परेको सभामुख बाबुराम गौतमले घोषणा गरे । मतदानमा ८९ जना सांसद सहभागी थिए ।
कोशी प्रदेशसभामा नेकपा एमाले सबैभन्दा ठूलो दल हो । सरकारमा सहभागी माओवादी केन्द्र र जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिएका हुन् । कोशी प्रदेशसभामा एमालेका ४०, नेपाली कांग्रेसका २९, नेकपा माओवादीका (सभामुख सहित) १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ जना सांसद छन् । कार्कीलाई विश्वासको मतको पक्षमा एमालेका ४० र राप्रपाको ६ सांसदलेमात्रै समर्थन गरेका छन् ।
नेपाल पहरा । १५ असार २०८०, शुक्रबार १३:४९