उपकुलपति सिंहलाई जन्मस्थानमा भव्य स्वागत

कालिकोट २० असार ,

मध्यपश्चिम विश्वविधालयका उपकुलपति प्राध्यापक डा. नन्दबहादुर सिंहलाइ उहाँको जन्मस्थल महावै गाउँपालिकामा भव्य स्वागत गरिएको छ ।

शैक्षिक काम विशेषले जन्मस्थल प्रवेश गर्नु भएका प्राध्यापक डा. सिंहलाई गृह गाउँका सन्तान, आफन्त तथा बौद्धिक वर्ग एवम् जिम्मेवार पार्टी नेता तथा जनप्रतिनिधिबाट स्वागत तथा सम्मान गरिएको हो ।

महावै गाउँपालिकाले आयोजना गरेको शैक्षिक सम्मेलन उद्घाटन गर्न सुर्खेतदेखि दैलेख भएर महावै प्रवेश गर्नुभएका सिंह शैक्षिक सम्मेलन पूर्व आफन्त भेटघाटमा केन्द्रित रहेको वताइएको छ ।

यसअघि आफ्नो बुवाको निधन हुँदा जन्मस्थल महावै गाउँपालिका पुग्नुभएका डा. सिंह त्यसपछि महावै पुग्न नसकेकोमा यसपटक मात्रै पुग्न पायकोमा आफन्तहरु खुशी भएका छन् ।

गाउँमा आफन्तहरुसँग भेटघाट गर्ने समय अभाव भैरहँदा आफन्तहरु फुलमाला सहित भेटघाटमा घूइचो लागिरहेको र यो भेटघाट गाउँपालिकाको लागि निक्कै अर्थपूर्ण तथा ऐतिहासिक उपलब्धिमुलक हुने विश्वास गरिएको छ ।

तपाईको प्रतिक्रिया