काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको निधन भएको छ।
उनको स्वास्थ्यअवस्था गम्भीर बनेपछि थापाथलीस्थित नर्भिक अस्पतालको इमरजेन्सीमा उपचारका लागि लगिएको थियो । उपचारका क्रममा अस्पतालमै आज बिहान उहाँको निधन भएको हो ।
आज बिहान ८ः३३ बजे नर्भिक अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो । अस्पतालले निधनको कारण ‘कार्डियक अरेष्ट’ भनेको छ ।
मृतक दाहालको शरीर श्रद्धाञ्जलीका लागि आज बिहान ११ बजेदेखि १ बजेसम्म पार्टी कार्यालयमा राखेर २ बजे पशुपति लगिने जनाइएको छ ।
अस्पतालमा अहिले प्रधानमन्त्री दाहाल, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलगायत माओवादीका शीर्ष नेता पुगेका छन्।
नेपाल पहरा । २७ असार २०८०, बुधबार ०९:२२