दाताराम खनाल
यो साल धान रोपाइ राम्रो भै रहेको छैन ।कति फल्छ मंसिरमै थाहा होला ।राम्रै उत्पादन हुदा पनि अरबौ रुपैया को धान चामल किनिरहेको छ हाम्रो नेपाल ।धान फलाउन अरबौ रुपैयाको रासायनिक मल पनि किनिरहेको छ हाम्रो नेपाल । सुनिदैछ भारतले चामल निर्यातमा प्रतिबंध लगायो रे । यै बेला ढिलो नगरी कोदो खेतीको प्रबर्धन गर्नु बुद्धीमानी होला ।कोदो अंनहरुको राजा हो ।मानब सरिरलाई चाहिने अत्यावश्यक तत्वहरुको खजाना हो ।यो सुपरफुड हो । खेतीमा सजिलो रासायनिक मल नचाहिने अर्ग्यानिक ।कोदो खान छोडेर धान खाने धाने संकृतिमा जाने गल्ती गरे हाम्रा पुर्खाले । मेरा पुर्खा त कोदोलाई कुअंन मान्थे र खादा जातै जान्छ भन्ने ठान्थे । जनजातिका पुर्खाले पनि कोदोलाई अंन भन्दा बडी जाड रक्सीको मुहान देख्ने गल्ती गरे । यसरी बिगत लामो समय संम हाम्रो समाजमा कोदो केहि गरिबको भान्सामा मात्रै अंनको मान्यतामा बंदी बन्यो । तर अब ज्ञानले समाजलाई डोर्याउन तपाईहरु जनप्रतिनिधिहरुको ठुलो भुमिका छ । दुर दराजको कोदो सहरमा र सहरका पैसा दुर्गम गाउमा पुर्याएर ग्रामीण जनताको सहयोग गर्न पनि कोदोलाई एउटा मालबस्तु बनाउन सकिन्छ ।
हाम्रो वरिपरी रहेका हामीले देखे जानेका सुनेका अंनहरुलाई तिन समुहमा राख्न सकिन्छ
१. नकारात्मक अन्न Negative grain
धान र गहु नकारात्मक अन्न हुन ।धान र गहु खादा ज्यान त बाच्छ तर जति खायो उति मानिसहरु रोगि कमजोरी बन्दै जान्छन् । यो अंन सेवन नगरेको त्यागेको राम्रो ।
२. Neutral grain ततष्ठ अंन
यस समुहमा मकै जौ फापर उवा चना आदी अंन पर्छन् । यि अन्नको सेवनले जिवनको रक्षा हुन्छ । कुनै बेफाईदा गर्दैनन् तर सरिरलाई फाईदा पनि हुदैन ।
३. Positive grain सकारात्मक अंन । संसारभर प्राय नौ प्रकारका कोदो मानिसहरुले खाने गरेका छन् । पाँच प्रकारका दोको मानब स्वास्थ्यका लागि धेरैनै महत्वपूर्ण छन् । स्वास्थ्य जिवन जिउन चाहने मान्छेले कोदोलाई प्रमुख आहार बनाउन सक्नु पर्छ ।
बाह्रै महिना कोदो कसरी खाने ?
हरेक खानेकुरामा अन्तरनिहित गुण हुन्छ । गर्मी र ठंडी अर्थात् चिसो र तातो । मुला फर्सी काक्रो भेडाको मासु सर्दी भनेको त सुनेको थियो नि त्यस्तै ।
कोदो गरम गुण भएको अंन हो । निकै जाडोमा सामान्य रुपमै कोदो खाए पनि ठिकै होला तर गर्मी समयमा गर्म गुणको खाना ठिक नहुने रहेछ पहिलो कुरा । दोस्रो गरम खाना भनेको त्यो खानेकुरामा रेसाहरु फाईबरहरु कति मात्रामा कति कसिलो गरी बसेका छन् र त्यसलाइ पचाउन सरिरले कति उर्जा खर्च गर्नु पर्ने हुन्छ भन्ने रहेछ ।धेरै उर्जा खर्च गरेर पचाउनु पर्दा हाम्रो सरिरमा पनि गर्मी उत्पन्न हुन्छ त्यो हानीकारक पनि हुने रहेछ ।जबकि हामी जतिसुकै चिसो ठाउमा बसेका हौ ।
१. कोदो खान सबै भन्दा राम्रो कोदाको दाना आफै केलाउने सफा गर्ने । फल्ने भुस हटाउने । दली दली माडी माडी धोई पखाली सफा बनाउने । दुंगा माटो रहेछ भने तारेर हटाउने अनि डुब्ने गरी पानी राखेर एकरात भर भिजाउने र अर्को दिन घाममा सुकाउने ।राम्ररी सुकेपछि मात्र चामल पिठो बनाउने।यो प्रकृयाले कोदोको गुण बदलिन थाल्छ ।
२. पिठोलाई पनि पकाउन भन्दा कम्तिमा आठ घन्टा अगिनै भिजाउने ।यो दोस्रो गुण बदल्ने कार्य भयो ।
३ पकाउन माटोको भाडाबंदोबस्त हुनुपर्छ । माटोको भाडा जुटाउनै नसके कसौडी या भंडु भाडाको प्रयोग गर्न सकिन्छ ।
४.बिहान भिजाएको पिठो माटोको भाडोमा बेलुका प्रसस्त पानी हालेर खोले ढिणो पकाउने । राम्ररी पाकेपछि सेलाउन दिने र सुतीकपडाले मुख बाधेर दहि जमाएझै एक रात जम्न दिने । फरमेन्टेड हुन दिने ।यसो गर्दा यसमा हजारौ लाखौ असल ब्याक्टेरिया बिकास हुने रहेछ । दहिमा जस्तै । यस्लाइ हिन्दीमा अनेक नाम दिइको छ । अंरेजीमा fermented परिज भन्ने रहेछ ।जे होस मैलै कोदही नामाकरण गरे ।यसलाइ पकाउदा नुन चिनी केहि नराख्ने । बिहान मजाले दाल तरकारी दुध दहि अचार चटनी मासु जे संग खाए पनि भयो ।
5. महत्वपूर्ण कुरा के छ भने कम्तिमा तिन महिना या १०० दिन धान गहु त्यागेर कोदहि र सकारात्मक अन्न फलफुल सागसब्जी तरकारी खानेहो भने कठिन रोगहरु समेत निकोपार्न सहज हुने रहेछ ।आहार द्वारा उपचार संभव छ ।आहार अर्थात् खानेकुराले उपचार खोज्ने हो बलियो स्वास्थ्य खोज्ने हो भने यो धेरै राम्रो उपाय हो ।कोदो उत्पादनमा प्रोत्साहन गरौ । कोदो सेवनमा बडोत्तरी गरौ ।देशबाट धान चामल र रासायनिक मल किन्न बाहिरिरहेको अरबौ अरब रुपैया जोगाऔ । संयुक्त राष्ट्रसंघले घोषणा गरेको अन्तर्राष्ट्रीय कोदो बर्ष सार्थक पारौ ।
राष्ट्रिय भूमि आयोगका सदस्य श्री दाताराम खनाल ज्यूले सामाजिक सञ्जाल फेसबुक स्टाटस मार्फत सार्वजनिक गर्नुभएको यो विचार सान्दर्भिक लागेर प्रकाशित गरेका छौँ ।
नेपाल पहरा । ७ श्रावण २०८०, आईतवार १८:३६