एकीकृत समाजवादी कालिकोटले मनायो पार्टी पूनर्गठन दिवस

कालिकोट ९ भदौ ।

नेकपा(एकीकृत समाजवादी)कालिकोटले आज शनीवार सदरमुकाम मान्ममा दोस्रो पार्टी पूनर्गठन दिवस मनाएको छ ।

पार्टी उपाध्यक्ष चित्रसिंह गाउँलेको अध्यक्षता र केन्द्रीय सदस्य बिजया बिष्टको प्रमुख आतिथ्यतामा दिवस मनाइएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बिष्टले केपी ओली प्रवृत्तिका कारण दुई तिहाइको कम्युनिष्ट सरकार गलत बाटोमा र पार्टीपनि गलत तरिकाले सञ्चालन गरिएपछि पार्टी पुनर्गठन गरिएको धारणा राख्नुभयो ।

केन्द्रीय परिषद् सदस्य लाल बहादुर मल्लले एकीकृत समाजवादीलाई अब थप व्यवस्थित र क्रियाशील गर्न जरुरी रहेको भन्दै कालिकोटमा समाजवादीलाई कसैले कमजोर गर्न नसक्ने धारणा राख्नुभयो ।

भदौ ९ अर्थात आजको दिनमा पार्टी पूनर्गठन हुन नसकेको भए यो देशको व्यवस्था र संविधान समेत जोगिने अवस्था समेत नभएको भन्दै उपाध्यक्ष गाउँलेले आजको दिनलाई केवल एक पार्टीबाट बिद्रोह गरेर अर्को पार्टी पूनर्गठन भएको दिनका रुपमा मात्रै बुझ्न नहुने धारणा राख्नुभयो ।

साथै उहाँले समाजवादीको नेतृत्व र जनप्रतिनिधि अन्य पार्टीभन्दा फरक समाजवादी शैलीमा सञ्चालन गर्न सकियो भने मात्र पार्टी पूनर्गठनको सान्दर्भिकता रहने भन्दै त्यसका लागि पार्टी केन्द्रीय कमिटीका निर्णय कार्यान्वयन गर्न सबैले लाग्नपर्नेमा जोड दिनुभयो ।

पार्टी जिल्ला कमिटी उपसचिव कृष्णकला पाण्डेले सञ्चालन गर्नुभएको कार्यक्रममा बुद्धिजीवी परिषद्का नेता हरि बहादुर शाही र खाँडाचक्र नगर कार्यपालिका सदस्य रमेश विक लगाएतले आफ्नो धारणासहित पूनर्गठन दिवसको शुभकामना दिएका थिए ।

तपाईको प्रतिक्रिया