बालबिवाह बिरुद्धको अभियानमा होमियो रातो बङ्गाला


कालिकोट ९ भदौ ।
रातो बङ्गाला फाउन्डेसन पपुलेसन मिडिया सेन्टर द स्टोरी किचेनद्वारा कालिकोटमा बालबिवाह बिरुद्धको अभियान सुरु भएको छ ।
रुपान्तरणमुखी सिकाइका लागि मनोरञ्जन कक्षासहित शिक्षक, बिधार्थी र अभिभावकहरु बिच अन्तर्क्रियात्मक कार्यक्रम आयोजना गरेर अभियान सञ्चालित हुने बताइएको छ ।

कार्यक्रम कर्णाली प्रदेशका जुम्ला,कालिकोट,दैलेख,सुर्खेत र जाजरकोटमा सञ्चालित भैरहेको छ ।
अभियान कालिकोटमा सान्नित्रिवेणी गाउँ पालिका अन्तर्गत डाँफेमावि , पञ्चदेव मावि र शंकर माविमा केन्द्रित भई अघि बढाइएको कार्यक्रम सहजकर्ता भगवती शाहीले जानकारी गराएकी छन् । उनका अनुसार अभियानको उद्देश्य मुख्यगरी बालबिवाह न्यूनिकरण र अध्ययनमा रुचि बढाएर शैक्षिक रुपान्तरणमा केन्द्रित हुनेछ ।

तपाईको प्रतिक्रिया