खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ कर्णालीको अध्यक्षमा रोकाय

सुर्खेत २८ भदौ । खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल(फेडवासन)कर्णाली प्रदेश महासंघको प्रथम अधिवेशनले जुम्लाका मानबहादुर रोकायको नेतृत्वमा नयाँ प्रदेश समिति सर्वसम्मत निर्वाचित गरेको छ ।

महासंघ राष्ट्रिय कार्य समिति उपाध्यक्ष तथा कर्णाली प्रदेश संयोजक कुलमणि देवकोटाको अध्यक्षता र महासंघ राष्ट्रिय अध्यक्ष राजेन्द्र अर्यालको प्रमुख आतिथ्यतामा बिहीबार सम्पन्न अधिवेशनले प्रदेश महासंघको नयाँ कार्य समिति निर्वाचित गरेको हो ।

महासंघ प्रदेश उपाध्यक्षमा सरस्वती गिरी , महासचिव मानबहादुर खत्री , सचिव कलबहादुर विक र कोषाध्यक्ष धर्मा सुवेदी रहेको १७ सदस्यीय टिम सर्वसम्मत निर्वाचित भएका छन् । महासंको पहिलो बैठक बसि सचिवालय समेत गठन भएको छ । प्रदेश सचिवालयमा मनकला काफ्ले लगाएतका छन् ।

अधिवेशनमा थानप्रसाद गैरे संयोजक,चित्रसिंह गाउँले र टिकाराम आचार्य सदस्य रहेको अध्यक्ष मण्डल गठन गरि बन्द शत्रका गतिबिधि अघि बढेका थिए ।

महासंघका संरचनालाई कर्णालीका सबै स्थानीय तहमा विस्तार गर्दै नागरिकका संविधान प्रदत्त खानेपानी तथा सरसफाइ सम्बन्धि अधिकार सुनिश्चित गराउने अभियानमा अग्रसरता लिन महासंघ सफल हुनेमा सहभागी अतिथिहरुको सुझाव थियो ।

तपाईको प्रतिक्रिया