कालिकोट जिल्ला स्तरीय समाजवादी मोर्चा असोज २४ गते घोषणा गरिने

कालिकोट १७ असोज । समाजवादी मोर्चा आवद्ध कालिकोट जिल्लाका राजनीतिक दलहरुले यही असोज २४ गते जिल्ला स्तरीय समाजवादी मोर्चा घोषणा गर्ने निर्णय गरेका छन् ।

सदरमुकाम मान्ममा बुधबार सम्पन्न मोर्चा आवद्ध दलको बैठकले मोर्चा घोषणाको मिति र स्थान तय गरेको हो । माओवादी केन्द्र कालिकोटका संयोजक लक्ष्मिप्रसाद चौंलागाई को अध्यक्षतामा नेकपा एकीकृत समाजवादी,जनता समाजवादी र नेकपा चारै दलका नेताहरु उपस्थित बैठकले कालिकोटको कोटवाडा सुनथराली विमानस्थलमा मोर्चा घोषणा कार्यक्रम राख्ने निर्णय गरेको नेकपा कालिकोटका सेक्रेटरी साहसी सि ले जानकारी गराउनुभयो ।

उहाँका अनुसार बैठकले मोर्चाको अवधारणापत्र तयार गर्न नेकपा(एकीकृत समाजवादी)कालिकोटका उपाध्यक्ष चित्रसिंह गाउँले संयोजक , माओवादी नेता गोगनबहादुर मल्ल , नेकपा नेता साहसी सि र जसपा नेता माधव उपाध्याय सदस्य रहने गरि जिम्मेवारी दिने समेत बैठकले निर्णय गरेको छ ।

 

तपाईको प्रतिक्रिया