एकीकृत समाजवादीको पासमा देश जोगाउने जिम्मेवारी छ – केन्द्रीय सदस्य बिष्ट

कालिकोट ३ कार्तिक । नेकपा(एकीकृत समाजवादी)का केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य तुलाराज बिष्टले मुलुकको कम्युनिष्ट आन्दोलन मात्र नभई देश जोगाउने जिम्मेवारी समेत एकीकृत समाजवादीको काँधमा आएको धारणा राख्नुभएको छ ।

कुन पार्टी ठूलो छ भनेर संख्या हेरेर नभई राम्रो एजेण्डा कसको छ भन्ने बुझेर जनताले एकीकृत समाजवादीलाई साथ दिनेछन् भन्दै नेता बिष्टले हनुमानले लंका एक्लै जलायको र गौतम बुद्ध एक्लै भगवान् बन्न सकेको उदाहरण दिनुभयो । विजया दशमीको शुभकामना दिनुहुँदै उहाँले अब सदरमुकाम नभई गाउँ गाउँमा पुगेर एकीकृत समाजवादीले आफ्ना एजेण्डा जनताबिच राख्नुपर्नेमा जोड दिनुभयो ।

अनेरास्ववियू स्थायी कमिटी सदस्य हिक्मतजंग मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेताहरु लालबहादुर मल्ल,चित्रसिंह गाउँले,उधोग वाणिज्य संघका अध्यक्ष रतनबहादुर शाही,समाजवादी प्रेस संगठनका केन्द्रीय उपाध्यक्ष अनन्त वराल लगायतका नेताहरुले शुभकामना मन्तव्य राखेको अनेरास्ववियू जिल्ला अध्यक्ष भानुप्रसाद सुवेदीले जानकारी गरायका छन् ।

एकीकृत समाजवादीको पासमा देश जोगाउने जिम्मेवारी छ – केन्द्रीय सदस्य बिष्

तपाईको प्रतिक्रिया