कालिकोट ३ कार्तिक ।
कालिकोट जिल्लाको शुभकालिका गाउँपालिका वडा नं १ छात्ति भलाउनेमा बसोवास गदै आएका नयाँ सुनारका परिवारलाइ शुक्रवार राहत सामाग्री हस्तान्तण गरिएको छ ।
गत असाेज १६ गते अचानक शुभकालिका गाउँपालिका वडा नं १ छात्ति भलाउने स्थीत उनको घर भुकम्पले चर्काए र जाेखिम भएपछि उनलाइ जिल्ला विपद व्यस्थापन समिती मार्फत ३वलाङकेट,१ त्रिपाल,१ सेट पिफम र १ विपद सामाग्री सेट हस्तान्तरण गरिएको जिल्ला प्रशासन कार्यालय कालिकोटले जनाएको छ ।
विपद सामाग्री पाएपछि आफ्नो परिवारलाई ठुलो सहयोगको महसुस भएको नयाँ सुनारले बताउनु भयो ।
सुनारले राहत हस्तान्तरण गर्दै भन्नु भयो आफ्नो परिवारले कालिकोट जिल्लाको शुभकालिका गाउँपालिकामा राहतको माग गर्दा सुनुवाइ गरेन जिल्ला प्रशासन कार्यालय कालिकोटले कुरा सुनेर सहयोग गर्यो यसमा आफु खुसि छु उहाँले भन्नु भयो ।
सामाग्री हस्तान्तरण गदै कालिकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले विपद भनेको बाजावजाएर नआउने भन्दै यसको पुर्व तयारीमा जुट्न सबैलाई आग्रह गर्दै कालिकोट विपदको उच्चजोखिममा रहेकाले सबैले सचेत रहन पनि आवश्यक रहेको बताउनु भयो ।
प्रमुख जिल्ला अधिकारी माझीले भुकम्प पिडित नयाँ सुनारका परिवारलाई लिएको राहत सामाग्री सहिरुपले प्रयोग गर्ने आग्रह गर्दै विपदको समयमा जिल्ला विपद व्यस्थापन समिती जनताकै साथमा रहेकाले कुनैपनि किसिमको विपद आई परेमा कुनै अप्ठारो नमानि त्तकाल खवर गर्ने समेत सुझाव दिनु भयो ।
उहाँले कालिकोट भुकम्पकाे उच्च जाेखिममा रहेको बताउदै विपद भन्नाले कुनै स्थानमा आपत्कालीन अवस्था सिर्जना भई जन वा धनको क्षतिको साथै जीवनयापन र वातावरणमा प्रतिकूल असर पर्ने प्राकृतिक वा गैरप्राकृतिक संकट सम्झनु पर्छ भन्दै यस क्षेत्रमा स्थानियतह,सरकारी तथा गैरसरकारी निकाय,राजनितीक दल लागाएतका सबै सरोकारवालाले सकारात्मक सोचका साथ लाग्नु पर्ने पनि बताउनु भयो ।
कार्याक्रमा नेपाल पत्रकार महासंघ कालिकोटका सचिव खडानन्द अधिकारी लगाएतका सरोकारवालाको सहभागीता रहेको थियो
भुकम्प पीडितका लागि राहत सामग्री हस्तान्तरण
तपाईको प्रतिक्रिया
नेपाल पहरा । ३ कार्तिक २०८०, शुक्रबार १५:१५