कालिकोट १४ कार्तिक । महावै गाउँपालिकाको पालिका स्तरीय रनिङसिल्ड प्रतियोगिता स्थलमा मंगलबार झडप भएको छ ।
त्रिवेणी मावि डिल्लीकोट र कालिका मावि गेलाका पक्षधरहरु बिच झडप भएको हो ।
झडपमा दुबैतर्फ केही व्यक्तिहरु घाइते भएका छन् भने झगडामा संलग्न भएको भन्दै केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रतियोगितालाई २ दिनमै सक्ने उद्देश्यले उद्घाटन समारोहमा केवल १ जना प्रमुख अतिथिलाई मात्र वक्ता राखेर खेललाई प्राथमिकता दिइयपनि चारदिन सम्म समेत रनिङसिल्ड सम्पन्न हुन नसकी भिडन्तमा परिणत भएको प्रत्यक्षदर्शीले जनाएका छन् ।
खेल मैदानमै दुई पक्ष बिच भिडन्त भएपछि त्रिवेणी माविका शिक्षक, बिधार्थी र दर्शक समेतलाइ दिनभर प्रहरी चौकी गेलाले आफ्नो कार्यालयमा राखेर सुरक्षा दिएको बताइएको छ । सदरमुकाम मान्मबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको थप सुरक्षा फौज पुगेपछि स्थानीय नेता तथा जिम्मेवार जनप्रतिनिधि र बुद्धिजिबिहरुको पहलमा परिस्थिति शान्त भइ त्रिवेणी माविको टोली प्रहरी स्कटिङमा रनिङसिल्ड स्थलदेखि फिर्ता भएको छ । यसैबिच रनिङसिल्डका बाँकी खेलहरु कहिले सम्पन्न हुने भन्ने अनिश्चित देखिएको छ । सुरक्षाको दृष्टिकोणले अपायक पर्ने र खेल मैदान समेत उचित नभएको स्थानमा राजनीतिक पूर्वाग्रहले रनिङसिल्ड आयोजना गरिदा खेलाडी बिधार्थीहरुले केही खेल कालिका मावि र केही खेल स्रोत केन्द्र नजिकै निर्माणाधीन फिल्डमा खेल्नु र दुख्ख पाउनु परेको थियो ।
महावै गाउँपालिका स्तरीय रनिङसिल्डमा झडप , बाँकी खेल अब अनिश्चित
तपाईको प्रतिक्रिया
नेपाल पहरा । १४ कार्तिक २०८०, मंगलवार २१:००