कालिकोट १५ कार्तिक । कालिकोट जिल्लाको महावै गाउँपालिकाले पालिका स्तरीय रनिङ शिल्ड प्रतियोगिता समापन नभएकै शिल्ड वितरण गरेको छ ।
मंगलबार प्रतिस्पर्धी बिधालयहरु बिच झडप भएपछि गाउँपालिकाले पाँचौदिन बुधबार बिहान प्रतियोगिता सम्पन्न नहुँदै शिल्ड लगाएतका पुरस्कार वितरण गरेको हो ।
कालिका माविले ८ संवरण र त्रिवेणी माविले ७ संवरण प्राप्त गरेको र रजततर्फ त्रिवेणी मावि कालिका माविभन्दा ४ रजतले अगाडि रहेकोमा प्रतियोगिताका बाँकी खेल सम्पन्न नगरी शिल्ड वितरण गरिनु गाउँपालिका खेलकुद शाखा र विशेषगरी शाखा प्रमुख मदन शाहीको कमजोरी रहेको आरोप लगाइएको छ ।
प्रतिस्पर्धी बिधालयले नतिजामा सहमति नजनाउदै दौडतर्फका प्राय सबै खेल र अन्य खेलपनि बाँकी छँदै नतिजा घोषणा गरिन नहुने त्रिवेणी माविका खेलाडी तथा शिक्षकहरुको भनाइ छ । गाउँपालिका खेलकुद शाखाको मनोमानी निर्णयलाई पालिका पदाधिकारीहरुले समेत एकतर्फी साथ दिएको उनीहरुको आरोप छ । यसैबीच कालिका मावि पक्षधरले भने त्रिवेणी माविका खेलाडी,शिक्षक र अभिभावक अराजक शैलीमा प्रस्तुत भएको दोषारोपण गरेका छन् ।
महावै गाउँपालिकाद्वारा खेल प्रतियोगिता सम्पन्न नहुँदै शिल्ड वितरण
तपाईको प्रतिक्रिया
नेपाल पहरा । १५ कार्तिक २०८०, बुधबार १०:१६