जाजरकोट १९ कार्तिक ।
जाजरकोट र रुकुममा भुकम्पले गरेको मानवीय र पूर्वाधार क्षतिले सृजित पीडाको बयान गरि साध्य छैन ।
परिवार र आफन्त गुमाउदाको पीडा , घाइतेहरुको उपचार सँगसँगै जिवित रहेकाहरु पनि निकै पीडादायी जीवन विताउन विवश बनेका छन् ।
सरकार , संघ संस्था लगायतबाट उद्धारमा तदारुकता देखाइय जस्तै अब व्यक्तिगत घर र सार्वजनिक संरचना निर्माणमा पनि युद्धस्तरमै काम गरिनुपर्ने जाजरकोटका स्थानीय बौद्धिक व्यक्तित्व भौतिक मल्लको भनाई छ । उहाँका अनुसार पीडितले पाल समेत पाउन सकिरहेका छैनन् , ओढ्ने र ओछ्याउने कपडा झनै अभाव छ । खानेकुरा सँगसँगै यो जाडो मौसममा विशेषगरी पाल सँगसँगै ओढ्ने , ओछ्याउने र लगाउने कपडाको प्रबन्ध नभय पीडितहरु थप दयनीय अवस्था झेल्न बाध्य हुनेछन् ।
नेपाल पहरा । १९ कार्तिक २०८०, आईतवार ०८:४५