फेरिपनि जाजरकोट केन्द्रबिन्दु भएर ५.८ म्याग्निच्युटको भुकम्प

काठमाडौँ । जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्प गएकाे छ । अपरान्ह ४ बजेर ३१ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएकाे हाे ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले भूकम्प गएको पुष्टि गरेको छ । जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ५.८ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का काठमाडौँमा समेत महसुस गरिएको थियो । भुकम्पबाट क्षतिको बिस्तृत विवरण आउन बाँकीनै छ ।
तपाईको प्रतिक्रिया