भुकम्प पीडितका नाममा एकीकृत समाजवादीले बुझायो २५ लाख 

काठमाडौँ । जाजरकोटमा गएको भूकम्पमा परी प्रभावित भएकाहरूलाई राहत प्रदान गर्ने क्रम जारी रहेका बखत आज बिहान नेकपा (एकीकृत समाजवादी)ले पनि सहयोग रकम हस्तान्तरण गरेको छ ।

पार्टीले घोषणा गरे बमोजिमको २५ लाखको चेक पार्टी अध्यक्ष माधव नेपाललगायतका नेताहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गरेका हुन् ।

जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममामा गरी १५३ जनाको मृत्यु भएको थियो भने २५० भन्दा बढी घाइते भएका छन् । एकीकृत समाजवादीको टिम भुकम्प प्रभावित क्षेत्रमा समेत सक्रिय छ ।

 

तपाईको प्रतिक्रिया