कालिकोट २६ कार्तिक । कर्णाली प्रदेशसभा सदस्य एवम् नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक हिक्मत बहादुर बिष्टद्वारा आयोजित सर्वदलीय बैठक आइतबार कालिकोटमा सम्पन्न भएको छ ।
प्रदेशसभा सदस्य बिष्टको जिल्ला स्थित सम्पर्क कार्यालयमा बसेको बैठक जिल्लाका समसामयिक महत्त्वपूर्ण विषयमा केन्द्रित थियो ।
विशेषगरी समयमै योजना सम्झौता गरेर समयमै सम्पन्न गर्न , सदरमुकामको खानेपानी समस्या समाधान गर्न , सदरमुकाम क्षेत्रमा रहेका सार्वजनिक शौचालयहरु चाडैं सञ्चालनमा ल्याउन , प्रतिमाचोक लाई व्यवस्थित र फराकिलो बनाउन लगायतका विषयमा केन्द्रित भएर बैठक सकिएको नेकपा(एकीकृत समाजवादी)कालिकोटका उपाध्यक्ष चित्रसिंह गाउँलेले जानकारी गराउनुभयो ।
नेपाली कांग्रेस सभापति अम्मबहादुर शाही,एमाले नेता रमेशकुमार शाही,राप्रपा केन्द्रीय सदस्य सत्यबहादुर शाही, नेमकिपा केन्द्रीय सदस्य नन्दबहादुर शाही र माओवादी नेता सरोज बोगटी ” बिपिन ” सहभागी बैठकले जिल्लाका तीनवटै सांसद , जिल्ला समन्वय समिति प्रमुख,राजनीतिक दलका प्रमुख सहित सबै स्थानीयतहका प्रमुख र प्रशासकीय अधिकृतहरुको उपस्थितिमा जिल्लाको विकास निर्माणको विषययमा तत्कालै अर्को बैठक आयोजना हुनुपर्ने दलका नेताहरुको सुझाव थियो ।
प्रदेशसभा सदस्य बिष्टले जिल्लामा क्रियाशील राजनीतिक दलहरुको साझा धारणा र सक्रियतामा जिल्लाको विकासका लागि नयाँपन दिन सकिने भन्दै नेताहरुको सुझावलाई मनन गरेर अघि बढ्ने धारणा राख्नुभएको थियो । दलका नेताहरुले सडक, विमानस्थल, शिक्षा,स्वास्थ्य लगाएत जुनसुकै विषयमा पनि जनताले दलबाट अपेक्षा राख्ने गरेकोमा दलबाटै निर्वाचित स्थानीय जनप्रतिनिधिहरु दललाई नटेरेर राजा बन्ने प्रवृत्ति बढेको आरोप लगाएका थिए ।
नेपाल पहरा । २६ कार्तिक २०८०, आईतवार १७:१८