कोभिड-१९ विरुद्ध चमकदार विजयी हासिल गरियाे किम

काठमाडौं । उत्तर कोरियाली नेता किम जोङ उनले कोभिड–१९ विरूद्धको युद्धमाथि विजयी हासिल गरेको घोषणा गरेका छन् । दुई सातासम्म भाइरसको कुनै नयाँ केस नभेटिएपछि उनले बुधबार यस्तो घोषणा गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

स्वास्थ्यकर्मी र वैज्ञानिकसँगको बैठकको अध्यक्षता गर्दै किमले विश्वव्यापी महामारीका रूपमा फैलिएको घातक रोगविरुद्धको युद्धमा विजयी प्राप्त गरेको घोषणा गरे । भाइरसमाथि आफूहरूले चमकदार विजयी हासिल गरेको उनको भनाइ छ ।

महामारीको सुरुवातदेखि नै कडा नाकाबन्दी कायम राखेको उत्तर कोरियाले मे महिनामा राजधानी प्योङयाङमा ओमिक्रोन प्रकोप देखिएको घोषणा गरेको थियो । यो सँगै उत्तर कोरियामा लगाएका सबै प्रतिबन्ध हटेका छन् ।

तपाईको प्रतिक्रिया