सत्ता गठबन्धनको कार्यदलमा सिट बाँडफाडको सहमति

काठमाडौं । सत्ता गठबन्धनले आगामी निर्वाचन केन्द्रित गरेर गठन गरेको कार्यदलले सिट बाँडफाँड बारे समझदारी गरेको छ । संघ तथा प्रदेश निर्वाचन नजिकिँदै जादा गठबन्धन बिच जटिल मानिएको सिट बाँडफाँडको विषयमा कार्यदल तहमा समझदारी जुटेको हो ।
कार्यदलले हाल सम्बन्धित दलमा रहेको सांसद संख्यालाई आधार मानेर सिट बाँडफाँड हुनुपर्ने समझदारी जुटेको माओवादी नेता देव गुरुङले जानकारी गराउनुभयो । कार्यदल सदस्य समेत रहेका गुरुङका अनुसार स्थानीय तह निर्वाचनमा कतिपय स्थानमा कतिपय दलले उम्मेदवारी समेत दर्ता नगरेको कारण स्थानीय चुनावको परिणामलाई आधार मान्न भन्दा हालको बिधमान सांसद संख्यालाई आधार मान्ने र कार्यदलको अर्को बैठक ३० गते फेरि बस्ने समझदारी भएको हो ।

तपाईको प्रतिक्रिया