विपना सिंह
कर्णाली प्रदेशको कालिकोट जिल्ला महावै गाउँ पालिका स्थित महावै देवताको देवस्थल(शक्तिपिठ)एल्खेसल्ला विज्ञानलाई समेत चुनौती दिन सफल भएको छ ।
परापूर्व कालदेखि आगोमा धामी नाचेर एल्खेसल्लाले चमत्कार कायम गर्दै आएको हो । हरेक वर्ष अनन्ते पुर्णिमाको अवसरमा चतुर्दशीका दिनमा एल्खेसल्लामा भव्य मेला(पैठ) लाग्ने गर्छ । सो अवसरमा त्रयोदर्शीका दिनमा महावै गाउँ पालिकाको साथै दैलेख र जुम्लाका बासिन्दाहरु रुख ढालेर आगो बाल्ने मुढा बाल्छन् भने भोलिपल्ट धामी पतुर्ने गर्छन् ।
स्थानीय भिमराज बिष्टका अनुसार आगोमा पाद्मे,भामासैनी,भाबाखाडे,गोल्खेखोले देवताका धामी पतुर्छन् भने ठूलो देवताका मानिने महावै र जगन्नाथका धामीहरु विशेष भूमिकामा रहन्छन् । कर्णालीका अन्य कतिपय देवस्थलमा समेत धामी नाच्ने चलन रहेपनि एल्खेसल्लानै प्रख्यात रहेको बताइएको छ । एल्खेसल्ला र महावै देवताको नामबाटै महावै गाउँ पालिका नामाकरण गरिएपनि संरक्षणको नाममा कतैबाट सहयोग भएको देखिदैन ।
कर्णालीको एल्खेसल्ला विज्ञानलाई चुनौती दिन सफल
तपाईको प्रतिक्रिया
नेपाल पहरा । २७ श्रावण २०७९, शुक्रबार १२:०१