समसामयिक देउडा गीत

यशोधा वम ।
खिन , थिर्पु , धौलागोह – युवा बेरोजगारी
छोराकन उच्च शिक्षा – छोरी कन भारी ।
नत राम्रा बिधालय – न छ खानेपानी
नेतृत्वमा अभावै छ – विकास गर्ने बानी ।
पक्की पुल नाई घाटाचौरमा – अस्पताल दुरै छ
पलाताँ बासीको भाग्य – अझ अपुरै छ ।
सकिग्यो लक्ष्मणको पालो – ईन्द्र छानी गया
आफ्नै पौरख देखाउनु छ – को मान्ने छन् दया ।
सञ्चारको सुबिधा छैन् – नौलो जमना छ
देख्नै मुस्किल पलाँती लाई – राज्य सत्ता काँछ ।

तपाईको प्रतिक्रिया