स्वास्थ्य मन्त्रालयले गठन गर्यो कार्यदल

काठमाडौं ।
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीको अध्यक्षतामा स्वास्थ्य बीमा समस्या कार्यदल गठन भएको छ।

बिहीबार स्वास्थ्य मन्त्रीस्तरीय बैठकले स्वास्थ्य बीमा कार्यक्रममा देखिएका समस्या समाधान गर्न पाँच सदस्यीय कार्यदल गठन गरेको हो।

समितिको सदस्यहरूमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ गुणराज लोहनी, बीमा बोर्डका सदस्य सुरेश तिवारी, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव र प्रमुख औषधि व्यवस्थापक नारायण ढकाल रहेका छन्।

समितिले स्वास्थ्य बीमा कार्यक्रमका अवस्था र चुनौती अध्ययन, विश्लेषण एवं समिक्षा गरी स्वास्थ्य बीमा कार्यक्रममा रहेका समस्या समाधानका लागि तीन साताभित्र प्रतिवेदन पेश गर्न कार्ययोजना दिइएको मन्त्रालयले जनाएको छ। स्वास्थ्य बीमा कार्यक्रममा विभिन्न समस्या देखिन थालेपछि मन्त्रालयले समिति गठन गरेको छ ।

तपाईको प्रतिक्रिया