भाषा आयोगको रेकर्डमा खष भाषा अभिलेख बिहीन

काठमाडौं ।
नेपाली भाषाको उद्घम सयको स्थल भनेर जुम्ला जिल्ला सिंजा क्षेत्रलाई चिनिन्छ । खस भाषाको जन्मथलो जुम्लाको सिञ्जा उपत्यकालाई मानिन्छ । भाषा क्षेत्रमा काम गर्नेका लागि भनेर नेपाल सरकारले एक राष्ट्रिय भाषा आयोग पनि स्थापना गरेको छ । तर सो भाषा आयोगको लापरबाहीले जुम्ली खस भाषाको अभिलेख छैन ।

खस भाषा नेपाली भाषाको माउभाषा भनेर पनि चिनिन्छ । जुम्लालगायत कर्णालीमा खस भाषा अहिले पनि बोलिन्छ । भाषा आयोगले खस भाषालाई आधिकारिकता दिएको छैन । यो भाषामा भाषा आयोग वा अरू कुनै सरकारी निकायले शब्दकोश बनाएको पाइँदैन । संविधानले नेपालमा बोलिने सबै मातृभाषालाई राष्ट्रभाषा भनेको छ । नेपाली भाषाका अतिरिक्त प्रदेशले आफ्नो प्रदेशभित्र बहुसङ्ख्यक जनताले बोल्ने एक वा एकभन्दा बढी अन्य राष्ट्रभाषालाई प्रदेश कानूनबमोजिम प्रदेशको सरकारी कामकाजको भाषा निर्धारण गर्न सक्ने संविधानमा उल्लेख छ । भाषासम्बन्धी अन्य कुरा भाषा आयोगको सिफारिसमा नेपाल सरकारले निर्णय गरेबमोजिम हुने गरेको छ । खष भाषा हिजोआज सामाजिक सञ्जाल र सञ्चार मिडियामा देख्न पाइन थालेपनि यसको सदुपयोग राज्य स्तरमा हुन सकेकै देखिदैन ।
हाल जुम्ला जिल्ला निवासी साहित्यकार रमानन्द आचार्य खष भाषाको शब्द कोश प्रकाशनमा लागेका छन् भने यसअघि खष भाषामै कालिकोटका साहित्यकार चित्रसिंह गाउँलेले नौलो कर्नाली बुनाउन्या मेसो नामक पुस्तक प्रकाशन गर्नुभएको थियोे । यसैगरी साहत्यकार गाउँलेले सुरुवात गरेको खष भाषाकै रैबार हिजोआज व्यापक प्रचलनमै आएको छ ।

तपाईको प्रतिक्रिया