चितवनमा केरा उत्पादन घट्दो

चितवन ।
रामपुर नगरपालिका– ६ प्याक्लुक बस्ने वृहस्पति अर्यालले तीनवर्ष अघि केरा खेती सुरु गरे । पहिलो वर्ष र दोस्रो वर्षमा केराको उत्पादन राम्रै लिए तर तेस्रो वर्षमा भने केराको उत्पादन कम भएपछि उनी अहिले चिन्तित छन् । करिब नौ रोपनीमा व्यवसाय गरेका अर्यालले हाल क्षेत्रफल घटाएर चार रोपनीमा मात्रै सीमित बनाएका छन् । अर्गानिक मल अभाव र रासायनिक मल प्रयोग का कारण केरा उत्पादन घट्दै गएको कारण क्षेत्रफल घटाएको उनको भनाई छ ।
केरा खेति तर्फ किसानहरूको आकर्षण बढ्दै गएको र बजारीकरण का लागि पनि सहज हुँदै गइरहेको अवस्थामा उत्पादन कमीले गर्दा निरासा छाउन थालेको छ । उनको मात्रै नभई जिल्लाका दर्जनौं किसानले उत्पादन कमि हुन थालेपछि क्षेत्रफल घटाउदै लगेको बताएका छन् ।

तपाईको प्रतिक्रिया