नाग्म बजार क्षेत्र अब सञ्चारमा जोडिदै


कालिकोट २९ साउन
वर्षौंदेखि टेलिफोन सेवाबाट बञ्चित कालिकोटको र जुम्ला जिल्लाको सिमा क्षेत्र नाग्माघाट बजारका बासिन्दा अब तत्कालै टेलिफोन समस्या बाट मुक्त हुने भएका छन् ।
तिलागुफा नगरपालिकाको बैङ्किङ कारोबार समेत सो बजारबाट हुने गरेकोमा स्काई, नमस्ते तथा एनसेल कुनैपनि सेवाले काम नगरेर बजार क्षेत्र र आसपासका मान्छेहरु पीडित थिए ।
नगर प्रमुख शंकरप्रसाद उपाध्यायको विशेष पहलमा नेपाल टेलिकम मार्फत टेलिफोन टावर जडानका लागि सामाग्रीहरु नाग्माघाट पुगिसकेको नगरपालिकाले जनाएको छ । टेलिफोन सेवा सञ्चालनमा आएपछि व्यक्तिगत मात्रै नभई संस्थागत काम काजमा पनि सहजता पुग्ने स्थानीयहरु बताउँछन् । टेलिफोन मात्रै नभई 4G सेवा मार्फत अनलाइन सुबिधा समेत तत्कालै प्रदान गरिने बताइएको छ ।

तपाईको प्रतिक्रिया