अमेरिका पुगेपछि रमझममा स्वस्तिमा

अभिनेत्री स्वस्तिमा खड्का यतिबेला अमेरिकामा छिन् । एक फेसन शोमा सहभागी हुन उनी त्यहाँ पुगेकी हुन् । फेसन शोको अलवा उनी अमेरिका घुमघाम समेत गरिरहेकी छन् । जसको जानकारी उनले सामाजिक सञ्जालबाट तस्बिर मार्फत गराएकी छन् ।
सार्वजनिक भएका तस्बिर देख्दा स्वस्तिमा निकै मनोरञ्जन लिएर रमझममा रहेको पाइन्छ । केही दिनअघि मात्र चलचित्र चिसो मान्छे सार्वजनिक भएपछि सुदूरपश्चिम क्षेत्रको लवज र अभिनयबाट चर्चित स्वस्तिमा त्यहाँ कालो टु पिसमा रमेको देखिन्छ । नेपालमा छँदा उनी प्राय रातो पहिरनमा देखिने गर्थिन ।

तपाईको प्रतिक्रिया