काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता पठाउनु दुःखद भएको टिप्पणी गरेको छ ।
कांग्रेसका प्रमुख सचेतक चित्रलेखा यादवले प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएको विधेयक फिर्ता गर्ने राष्ट्रपति भण्डारीको निर्णय अत्यन्तै अस्वाभाविक, अदूरदर्शी र विवेकहीन भएको बताएका छन् ।
प्रमुख सचेतक यादवले राष्ट्रपतिको कदमले वर्षौदेखि नागरिकताविहीन भएर बसेका नेपालीलाई थप पीडा बोध भएको टिप्पणी गरेका छन् । राष्ट्रपतिले आफू पनि पदमा नभए सामान्य नागरिक मात्रै हुँ भन्ने कुरा भुल्न नहुने उनले बताए ।
नेपाल पहरा । २९ श्रावण २०७९, आईतवार २२:०४