केन्या। केन्याको राष्ट्रपतिमा विलियम रुटो विजयी भएका छन् ।
उनले झिनो मतान्तरले आफ्ना प्रतिद्वन्द्वी राइला ओडिन्गालाई पराजित गरेका हुन् । आधिकारिक मत परिणामअनुसार उनले कुल खसेको मत मध्ये ५० दशमलव ५ प्रतिशत मत हासिल गरेका छन् ।
ओडिन्गाका पक्षधरले चुनावमा धाँधली भएको आरोप लगाएपछि झडप पनि सुुरु भएकाले चुनाव परिणाम घोषणा ढिलो हुन पुगेको थियो ।
चुनाव आयोगका सातजनामध्ये चारजना सदस्यले पारदर्शीताको कमी रहेको भन्दै चुनावी परिणामलाई अनुमोदन गर्न अस्वीकार गरेका थिए ।
५५ वर्षीय रुटोले पहिलोचोटि राष्ट्रपति पदका लागि चुनाव लडेका हुन् । केन्यामा भष्ट्राचार नियन्त्रण र मुलुकको समृद्धि को विषयलाई निर्वाचनको मुख्य मुद्दा बनाइएको थियो ।
केन्याको राष्ट्रपतिमा रुटो
तपाईको प्रतिक्रिया
नेपाल पहरा । ३१ श्रावण २०७९, मंगलवार ०७:४९